एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएकाले निक्षेपको ब्याजदर अत्यन्तै कम देखिएको छ । बैंकहरुले ब्इाजदर कम दिएर निक्षेपकर्ताहरु समस्यामा परिरहेका बेला एनएमबिले भने निक्षेपकर्ताको हित हुने गरी आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर दिने भएको छ । यो सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरु भन्दा धेरै हो । बैंकले मुद्दति निक्षेपमा पनि अन्य बैंकहरु भन्दा धेरै ब्याजदर दिने बताएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा ८.१ प्रतिशत वाषिर्क ब्याज दिइनेछ । जुन सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । कमर्सीयल बैंक भएर पनि अन्य बैंकहरु भन्दा फरक बन्ने कोशिसमा रहेको एनएमबि बैंकले ग्राहकमुखी योजनाहरु सार्वजनिक गर्दै आएको छ । एनएमबि बैंक ‘बैंक अफ दी इयर’ बाट पछिल्लो चार वर्षमा तीन् पटक सम्मानित भएको बैंक हो ।

वित्तीय समावेशीकरण, कोभिड संकटमा ग्राहक तथा समाजको वित्तीय आवश्यकतालाई सहजीकरण गर्न चालिएका कदम, र अन्य वित्तीय तथा गैर(वित्तीय परिसूचकहरुका आधारमा विभिन्न राष्ट्रहरुमा क्रियाशिल बैंकहरुलाई पनि बैंक अफ दि इयर( २०२० उपाधि दिइएको छ । जुन उपाधि नेपालबाट एनएमबि बैंकले जितेको हो ।

बैंकप्रति ग्राहकको सेवा, बैंकले प्रदान गर्ने सेवा र नियामक निकाय केन्द्रीय बैंकको कुशल नियमनका कारण बैंक आज यो स्थानमा पुग्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। ग्राहकको विश्वास र नियामकको सहयोगका कारण बैंक सफल बन्दै गएको सीईओ केसीले बताए । देशभित्रबाट मात्रै होइन बाहिरबाट पनि पुँजी ल्याएर देशको अर्थतन्त्रलाई कसरी सकारात्मक सहयोग गर्न सक्छौं भन्ने आफूहरुले सोचिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुस