क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ। नेकपा(क्रान्तिकारी माओवादी) पार्टीका पोलिटब्युरो सदस्य अनुकुलको प्रमुख आथित्वमा शुक्रवार सम्पन्न बैठकले भावी रणनीतिका विषयमा छलफल गरेको छ।

प्रमुख अतिथि अनुकुलले मुलुक अर्ध सामन्ती तथा अर्ध⁄नवऔपनिवेशीक अवस्थामा रहेकोले पत्रकारिता क्षेत्रबाट अहिलेको स्थितिलाई उजागर गरिनुपर्नेमा जोड दिए। पत्रकारले राष्ट्रियता, जनतन्त्र तथा जनजिविकाका सवालमा कलम चलाउनुपर्नेमा उनले जोड दिए।

मुलुकमा भइरहेको वर्तमान अवस्थाको निकासका लागी सङ्घीय जनगणतन्त्रको स्थापनाको विकल्प नरहेको उनले बताए। बैठकमा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला कमिटीका बैठक तथा भेला गर्ने निर्णय गरीएको क्रान्तिकारी पत्रकार महासंघका सुदूरपश्चिम संयोजक धनञ्जय अवस्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुस