सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। ३ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा १ सय ३७ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको छ। त्यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए।

प्रतिक्रिया दिनुस