नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तालाई गैहन्यायीक ढङ्गले गिरफ्तार गरेको भन्दै मसाल जुलुस निकालेको छ। शुक्रवार साँझ बैतडीको पुर्चाेडी नगरपालिका बाट विप्लवका कार्यकर्ताले निकालेको राँके जुलुस कमल विशाल पार्क हाटमा गई रोकिएको थियो।

May be an image of one or more people and fire

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार केपी सरकारले गैर न्यायिक ढङ्गबाट गिरफ्तार गरिएका कमरेड धर्मचन्द्र बास्तोला, क.कञ्चन अन्य नेताकार्यकर्ताहरुको रिहाइको माग गर्दै मसाल जुलुस कार्यक्रम गरिएको नेकपा बैतडीका युवा नेता दिपेन्द्र सिह ऐरीले जानकारी दिए। उनले गिरफ्तार गरीएका कार्यकर्ताहरुलाइ विना सर्त अविलम्ब हिराइको माग गरे।

May be an image of 1 person and fire

प्रतिक्रिया दिनुस