बाजुराको त्रिवेणी नगरपालिकाले दुई दिने गाउँघर चिकित्सक शिविर कार्यक्रम संचालन गरेको छ। प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वस्थ्य निर्देशनालय जिल्ला अस्पताल बाजुराको आयोजनामा शुक्रबाट बाट दुई दिने गाउँघर चिकित्सक शिविर कार्यक्रम संचालन गरिएको हो।

नगरपालिकामा रहेका फरक क्षमता भएका र अन्य व्यक्तिहरुलाई सेवा दिएको नगरपालिकाले जनाएको छ। नगर भित्रमा रहेका सामान्य रुपमा आर्थिक अभावले उपचार गर्न नसक्ने व्यक्तिहरुलाई मध्यनजर गरि शिविर संचालन गरिएको नगर प्रमुख रामसिंह रावलले बताए ।

पहिलो दिनमा १२० जना जनरल सेवा लिनेमा र अपांग असहाय अशक्त भएका व्यक्ति लयागतका ८० जनाले सेवा लिएको नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत चिरञ्जीवी शाहले बताए। शिविरमा नगरपालिकाका १ देखी ९ सम्मका सबै वडाका व्यक्तिले सेवा लिन पाउने सुचना अधिकृत नरेश राज पन्तले बताए ।

प्रतिक्रिया दिनुस