विप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे शनिबार नेपाल बन्दको घोषणा गरेसँगै बैतडीमा पनि बन्दको असर परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –६ स्थित चम्तडीमा सडकमा रातो कपडामा तार सहितको वस्तु राखिएकाले यातायातका साधन रोकिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त वस्तु बम हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। बम जस्तो शंकास्पद वस्तु भेटिएपछि दार्चुलाबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आइपुगेको उनले बताए।
प्रतिक्रिया दिनुस