भुवन भट्ट, माघ १०–नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे माघ १० गते (शनिवार) नेपाल बन्दको सुदूरपश्चिममा पनि आंशिक रूपमा असर देखा परेको छ। प्रदेशको अस्थायी सदरमुकाम धनगढीमा भने पसलहरू बन्द गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले थप सुरक्षा व्यवस्था मजबुत पारिएको जनाएको छ।

पहाडी जिल्ला बैतडीमा पनि बन्दको असर देखिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –६ स्थित चम्तडीमा सडकमा रातो तारमा बेरिएको शङ्कास्पद वस्तु बम भएको प्रहरीले जनाएको छ। नेपाली सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरिसकेको छ। बैतडीका प्रहरी निरीक्षक एवं प्रवक्ता जनक बहादुर धामीले भने,–‘गोठालापानि बजार बन्द छ, हामी खोल्ने प्रयास गरिरहेका छौ’ उनले भने,–‘विप्लवले त्रास फैलाउन शङ्कास्पद बस्तु राखेको आशङ्का गरेका छौ, ‘हाइ इक्सपोलीसब’ बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।’ उनले बैतडीमा सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिए। उनले सदरमुकाम गोठालापानिमा मात्रै थप ३ सय प्रहरी परिचालन गरिएको जानकारी दिए।

No description available.
यस्तै नेतृविक्रम चन्द नेतृत्वको नेकपाले देशै भरी आह्वान गरेको बन्दको असर कञ्चनपुरमा आंसीकरुपमा देखिएको छ। महेन्द्रनगर बजार भने शनिवार बन्द नै रहने भए पनि आज पनि पसलहरू खुला देखिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी सूरक्षा मजबुत पारिएको जनाएको छ।

प्रहरी प्रवक्ता एवं डिएसपी अमरबहादुर थापा क्षेत्रीले महेन्द्रनगर बजार क्षेत्रमा मात्रै थप ५० प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनले भने,–‘छोटो दुरीका निजी तथा सार्वजनिक यातायात, मालवाहक सवारी साधन चलि नै रहेका छन्’ लामो दुरीका सवारी साधन भने केही मात्रै चलेका उनले बताए। उनले बजार पनि आंसीकरुपमा खुला रहेको बताएका छन्।

No description available.

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार गैर न्यायिक ढङ्गबाट गिरफ्तार गरिएका धर्मचन्द्र बास्तोला, क.कञ्चन अन्य नेताकार्यकर्ताहरुको रिहाइको माग गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो।

प्रतिक्रिया दिनुस