कैलालीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्ता पक्राउ परेका छन्। कैलालीको टीकापुरबाट विप्लव नेकपाका ३ जना कार्यकर्तालाइ पक्राउ गरेको कैलाली प्रहरीले जनाएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर विष्ट रहेका छन्।

सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पु¥याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी, अत्तरिया लगायतका बजारहरु भने बन्द छन्।

प्रतिक्रिया दिनुस