धनगढीमा हिन्दु स्वयंसेवक संघले मकर सङ्क्रान्ति विशेष कार्यक्रमको आयोजना गरेको छ। हिन्दु स्वयंसेवक सङ्घ कैलालीले शनिवार धनगढी स्थित एलाएन्स इन्टरनेस्नल बोर्डिङ स्कुलमा आयोजित मकर सङ्क्रान्ति विशेष कार्यक्रममा विद्यालयका विद्यार्थी तथा आस्थावानहरुलाई खिचडी खुवाएको हो।

May be an image of one or more people, people walking, people standing and people sitting

सनातन हिन्दु धर्मको संस्कार, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज कार्यक्रमको आयोजना गरिएको हिन्दु स्वयंसेवक सङ्घ नेपालका सेती अञ्चल सचिव भवानी दत्त जोशीले जानकारी दिए। ‘पछिल्लो समयमा हिन्दु धर्मावलम्बीहरू पश्चिमी संस्कृति प्रति आकर्षित हुँदै आइरहेकाले सनातन धर्मको जर्गेनाका लागी हिन्दु स्वयंसेवक सङ्घ सक्रिय रहेको छ’ उनले भने,–‘हिन्दु धर्मको संरक्षण एवम् प्रवद्र्धनका लागी महाकाली देखी मेची सम्मका सम्पूर्ण क्षेत्रमा धर्म बचाउका लागी कार्यक्रम आयोजना गरेका हौ।’

May be an image of 2 people, people sitting and people standing

पछिल्लो समय सनातन धर्म खतरामा परेको महसुस हुँदै गइरहेकाले धर्म, संस्कृतिको जगेर्ना हेतु हिन्दु स्वयंसेवक संघले विविध कार्यक्रमको आयोजना गर्दे आइरहेको सचिव जोशीले जानकारी दिए। कार्यक्रमका सभापति हिन्दु सङ्घ कैलालीका सञ्चालक प्रताप बुढा रहेका थिए भने प्रमुख अतिथिमा कञ्चनपुरको लालझाँडी गाउँपालिका स्थित शारदा राष्ट्रिय माध्यामीक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्याय रहेका थिए।

May be an image of 2 people, people standing and people sitting

प्रतिक्रिया दिनुस