नेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुस