महेन्द्रनगरमा आज देखी सुरु भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एमसिडिसि धरमपुरले विजयी सुरुवात गरेको छ। एमसिडिसी धरमपुर र एमएसपि महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५–२ को गोल अन्तरले एमएसपी महेन्द्रनगर लाई पाखा लगाउँदै आफ्नो पहिलो जित निकालेको हो। उक्त खेलमा एमसिडिसी धरमपुरका तर्फबाट जर्सी नम्बर ८र ४४ का कमल पातली र हरिस विकले एक–एक गोल गरे। जर्सी नम्बर १० का ज्ञानी जोशीले व्यक्तिगत ३ गोल गर्दै ह्याट्रिक गरे। एम एस पि महेन्द्रनगरको तर्फबाट जर्सी नम्बर २३ र १५ का राकेश गुरुङ ,ललित जैशीले टिमको लागि सान्त्वना एक–एक गोल गरेता पनि जित दिलाउन भने सकेनन्।

खेलकुद क्षेत्र लाई उजागर गर्नका लागि र फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा सोमबार देखी महेन्द्रनगरको खुल्ला मञ्चमा सुरु भएको खेलमा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरी महेन्द्रनगर क्षेत्रकै सबै भन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप (२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए।

उद्घाटन समारोह कार्यक्रममा सभापति युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द ,प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी ,विशिष्टमा अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव भीमबहादुर थापा, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश कुमार श्रेष्ठ , पूर्व कबडी प्रमुख प्रशिक्षक तारा सिंह भाट र कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहनु भएको थियो। यसरी अतिथिमा प्रशिक्षक प्रमुख जिल्ला खेलकुदका प्रशिक्षक प्रमुख विमल खडायत,एन्फा प्रशिक्षक एव कञ्चनपुर जिल्ला फुटबल सङ्घका संस्थापक अध्यक्ष पुष्कर शाही , राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदीश प्रसाद भट्ट ,कञ्चनपुर जिल्ला फुटबल प्रशिक्षक टेक चटौत,कबडी प्रशिक्षक विष्णु दत्त भट्ट ,पूर्व कबड्डी अन्तर्राष्ट्रिय खेलाडी लक्षिधन अधिकारी ,होटेल व्यवसायी सङ्घ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष केशव सिंह जोरा र कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एवं कञ्चनपुर जिल्ला फुटबल सङ्घका सदस्य उमेश सुनुवार लगायत खेलकुद प्रेमी लगायत पत्रकारहरु को उपस्थिति रहेको थियो। स्वागत मन्तव्य प्रतियोगिता संयोजक महेन्द्र चन्दले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला फुटबल सङ्घका सदस्य धन बहादुर महताले गर्नु भएको थियो।

No description available.

प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समूहमा चार(चार टिम रही नकआउट आधारमा खेल खेलाइने छन् । प्रतियोगिता माघ २१ गते सम्म सञ्चालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुस