सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिले कैलालीमा एकै दिन तीन वटा भौतिक पुर्वाधारका योजनाहरुको शिलन्यास गरेका छन्। सोमबार जिल्लाको गोदावरी नगरपालिका – ४ बास्कोटामा शहरी स्वास्थ्य क्लिनिक, सोही वडाको खैरानामा अवस्थित सरस्वती आधारभुत बिद्यालयको चारकोठे भवन र गोदावरी नगरपालिका – ७ को तेकुलामा अवस्थित चण्डेश्वरी आधारभुत बिद्यालयको २ कोठे भवनको एकैदिन शिलन्यास गरेका हुन्।

प्रदेशको सामाजिक बिकास मन्त्रालयद्धारा बिनियोजित ४८ लाख ५० हजार लागत स्टमेटमा नगर स्वास्थ्य भवन निर्माण उपभोक्ता समिती मार्फत गोदावरी नगर पालिका ४ बास्कोटामा निर्माण हुन लागेको शहरी स्वास्थ्य क्लिनिकको शिलन्यास गर्दै मन्त्री सुबेदिले मन्त्रालयद्धारा शहरी स्वास्थ्य क्लिनिक भवनको लागी बिनियोजीत रकमको सहि सदुपयोग होस् भन्ने उदेश्यले सहज रुपमा स्वास्थ्यको पहुँचमा पु¥याउनका लागी शहरी स्वास्थ्य क्लिनिक निर्माण गरिन लागेको बताए।

बिगतका दिनहरुमा स्वास्थ्यको सहजरुपमा पहुँच नपुग्दा सो क्षेत्रका बासिन्दाहरुलाई निकै समस्या खेप्नु परेको थियो। सोही समस्यालाई मध्यनजर गर्दै जनताहरुको १० प्रतिशत श्रमदान र सामाजिक बिकास मन्त्रलयको करिब आधा करोडको लागतमा निर्माण कार्य गरिएको र आउँदो बैशाख महिना सम्म निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने नगर स्वास्थ्य भवन निर्माण उपभोक्ता समितीको प्रतिबद्धता छ। २०४४ सालमा स्थापना भएको गोदावरी नगरपालिका ४ खैरानामा अवस्थित सरस्वती आधारभुत बिद्यालय स्थापना गर्न धेरै संघर्ष गर्नुपरेको भएनि विद्यालयको भवन नहुँदा बिभिन्न समस्या खेप्नु परेको र अब चने प्रदेश र स्थानिय सरकारको साथ पाउँदा आफुहरु निकै खुशी भएको बताउदै करिब ३८ लाखको लागतमा बिद्यालयको ४ कोठे भवन निर्माण हुन लाग्दा सहज हुने अपेक्षा गरिएको बिद्यालय ब्यवस्थापन समितिको भनाई छ ।

Image may contain: one or more people and outdoor

सोमबार नै गोदावरी नगरपालिका ७ मा अवस्थित चण्डेश्वरी आधारभुत बिद्यालयको पनि शिलन्यास गरिएको थियो । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बिनियोजित करिब १८ लाख लागतमा २ कोठे भवन निर्माण भईरहेको चण्डेस्वरी आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षको भनाई छ।

प्रतिक्रिया दिनुस