बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन्। स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका हुन्।

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका छन् भने पाटन नगरपालिकामा ७६२ जना छनौट भएका छन् । ७ हजार आवेदन परेकोमा ७६२ जना छनौट भएका नगरपालिकाका रोजगार संयोजक महेश पन्तले जानकारी दिए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही पालिकाहरुले काम शुरु गरिसकेका छन् भने केही पालिकाहरुले योजना छनौट गरिरहेका जनाइएको छ।

प्रतिक्रिया दिनुस