महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरीको लापरबाहीका कारण एक जना थुनुवा भागेका छन्। महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको टोलीले शनिबार बिहान साढे ४ बजे एक जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सर्लाही धनकौल नगरपालीका(२का २१ वर्षीय मोहम्मद ईल्ताज थिए।

उनलाई नागढुङ्गाको चेकपोइन्टमा महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६० को यात्रुबाहक बसबाट पक्राउ गरिएको थियो। सोही दिन प्रहरी निरीक्षक(इन्स्पेक्टर) रामप्रसाद सापकोटाको कमान्डमा फलोअपका लागि उनलाई ललितपुरको इमाडोल लगिएको थियो मुद्दामा फलोअपबाट अर्को मान्छे देखाउन लग्दा उनी भागेका हुन्,’महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले भने।

उनका अनुसार ईल्ताज सोही दिन ११ बजे फरार भएका थिए। प्रहरी निरीक्षक सापकोटाकै लापरबाहीका कारण भागेको हुँदा उनीसहित चार जनामाथि विभागीय कारबाही गर्ने तयारी गरेको उनले बताए। ’शनिबार ११ बजे लापरबाही गरेका कारण भागे हामीले इन्स्पेक्टरसहित ४ जनालाई कारबाही गर्दैछौं,’उनले भने। फरार भएका थुनुवाको पनि खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस