नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ८२३ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

प्रतिक्रिया दिनुस