जंगली हात्तीको बथानबाट बिल्लीबाठ बनाईएका कञ्चनपुरका आरक्षपीडिलाई राहत दिन बेलौरी नगरका मेयर पोतिलाल चौधरी आफ्नै पीडित बस्तीमा पुगेका छन । आरक्षपीडित बस्तीमा बेलौरी नगरपालिका- ९ क्षेत्रबाट विस्थापित भएका पीडितको बिल्लीबाठ भएको खबर पाएपछि मेयर चौधरी मंगलबार राहत लिएर आरक्षपीडित बस्तीमा पुगेका थिए । हात्तीबाट घर भत्काएका १० पीडित परिवारलाई बेलौरी नगरका प्रमुख चौधरीले त्रिपाल, कम्बल र खाजा वितरण गरेका छन । मेयर चौधरीले बेलौरी नगरका तर्फबाट प्रति परिवार त्रिपाल, कम्बल र चाउचाउ वितरण गरेका हुन ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बस्तीमा हात्तीले विचल्ली बनाएका बेला स्थानीय सरकारबाट चासो व्यक्त भएर राहत उपलब्ध गराईएको बताए । ‘अहिले सक्दो राहत उपलब्ध गराएका छौँ, ‘बेलौरी नगरका मेयर चौधरीले भने, ‘नगरपालिका तर्फबाट क्षतिपूर्ति दिलाउँछौँ ।’ आरक्षपीडितको पूर्नस्थापनाका लागि विभिन्न सरकारी निकायमा पहल गर्ने आवश्वासन दिनुभयो । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका आरक्षपीडितको अझैपनि पुर्नस्थापना भएको छैन ।
विस्थापित आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरुले विभिन्न सावजजिक जमिन, नदीखोला नाला एव जंगल क्षेत्रमा बसेका छन । देउवा त्यसयता तीन पटक प्रधानमन्त्री भईसके तर उनलाई आरक्षपीडितको पुर्नस्थापनका लागि कुनै मतलब नै छैन । विस्तापित भएदेखि यता तीन पटक निर्वाचन पनि भईसक्यो, अब चौथो पटकको निर्वाचनको तयारी पनि छ, तर पीडितको समस्या भने ज्यूँका त्यूँ छ । पीडितका नाममा कयैन आयोग बनिसक्दा पनि पीडितको समस्या भने उस्तै रहेको छ ।