महेन्द्रनगर खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजयी सुरुवात गरेको छ। दोस्रो दिन रोयल गोर्खा महेन्द्रनगर र दोधारा चादनी बिच भएको पहिलो खेलमा रोयल गोर्खाले ९–३ गोलको अन्तरले दोधारा लाई हराएको छ।

No description available.

दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड रेड लाई ३–० गोलको अन्तरले हराउदै पिएफए अत्तरीयाले विजयी सुरुवात गरेको छ।

No description available.प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल महेन्द्रनगर युनाइटेड बिलिउ र इटाहा चारपाते युवा क्लब बिच दिउँसो १२ बजे हुने छ भने उक्त दिनको दोस्रो खेल दिउँसो १ः३० बजे मसुरिया फुटबल एकेडेमी कैलाली र एपिएफ अत्तरीया बिच प्रतिस्पर्धात्मक खेल हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले जानकारी दिए।

No description available.

प्रतिक्रिया दिनुस