सामाजिक सञ्जालमा भाइरल बनेका कैलालीका अर्जुन बिक बलात्कार आरोपमा पक्राउ परेका छन्। बिकलाई काठमाडौँको तीनकुनेबाट ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले माघ ८ गते अपहरण र जबरजस्ती करणी मुद्दामा पक्राउ गरेको हो ।

उनले १३ वर्षीया किशोरीलाई चार वर्ष (२०७३ जेठ ३० गतेदेखि अपहरण गरेर ०७७ साउन १५) बढी काठमाडौँ महानगरपालीका–१० देविनगरस्थित डेराम नै बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेको कैलालीका डिएसपी प्रतिक विष्टले जानकारी दिए।  घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो।

उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए। तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए। उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुस