बझाङमा शिक्षक अभिभावक सङ्घको चुनावमा भएको विवादमा एक जनामाथि खुँडा प्रहार गरी हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका –३ का २७ वर्षीय अमृत सिहमाथी सोही ठाउँका प्रकाश ऐरी र ज्ञान बहादुर कठायतले हारतिजतको विषयलाई लिएर खुँडा प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काका अनुसार वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएको थियो। ऐरी र कठायतलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस