कञ्चनपुरमा पनि बुधबारदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको छ। पहिलो चरणमा जिल्ला अस्पतालको खोप केन्द्रबाटै खोप लगाउने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स तथा शववाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्टिन निरीक्षक जनक बहादुर कुवरले बताए। पहिलो चरणको खोप अभियानका लागि जिल्लामा २ हजार ८ सय २० डोज खोप मंगलबार पुगेको स्वास्थ्य कार्यालयले जनाएको हो। कोरोना विरुद्धको खोप स्वास्थ्य कार्यालयको खोप भण्डारण कक्षमा सुरक्षित रुपमा राखिएको कोल्टीन निरीक्ष कुवरले जानकारी दिए।

आज बिहान १० बजेदेखि खोप अभियान शुरु हुने र अपरान्ह ४ बजे सम्म खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुस