No description available.
कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको खोपको उद्घाटन गरिएको छ। बुधवार प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कोरोना विरुद्धको खोप कार्यक्रमको उद्घाटन गरेका हुन्। महाकाली अस्पतालमा कोरोना विरुद्धको पहिलो खोप मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले लिए। लगत्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव सुनारले पनि कोरोना विरुद्धको खोप लिएका छन्। बुधवार महाकाली अस्पतालका चिकित्सक र सुरक्षाकर्र्मीलाइ खोप लगाइने जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
No description available.
कोरोना विरुद्धको खोप लगाइसकेपछि स्वास्थ्य कार्यालयका प्रमुख शिव सुनारले आधा घण्टा हस्पिटलमै बस्ने बताए। उनले भने,–‘ खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता सामान्य असर देखिन पनि सक्छ, त्यसैले आघा घण्टा हस्पिटलमै बस्ने छौ।’
No description available.
कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । खोप फोहर मैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शव वाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।
No description available.
महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले ०.५ मिली लिटर (मिली) मात्रा खोप प्रदान गरिरहेको जानकारी दिए। त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) लगाइँदै छ। खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय आक्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ।
प्रतिक्रिया दिनुस