सन्तोष भट्ट
कञ्चनपुर, ९ कार्तिक
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ मालिकार्जुन टोलदेखि विपिन जोशीको घर प्रवेस स्थलमा रहेको वरपिपल चोक अबदेखि विपिन चोक रहनेछ ।
हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशी मारिएपछि वरपिपल चोकको नाम परिर्वतन गरेर विपिन चोक(पिपलबोट) नामाकरण गरिएको छ ।
मालिकार्जुन टोल विकास समितिले विपिन जोशीको स्मृतिमा वरपिपल चोकलाई विपिन चोकमा परिणत गर्ने निर्णय गरेको जनाएको छ ।
मालिकार्जुन टोल विकास समितिका अध्यक्ष जनकराज भट्टले ईजरायल प्यालेस्टाईनीविचको हमलाका क्रममा हमास समुहले नियन्त्रणमा लिएका विपिन मारिएसंगै उनको स्मृतिमा चोकको नाम राखिएको बताए ।
विपिनको स्मृतिमा टोलबासीले श्रद्धान्जली सभा समेत गरेका छन । उक्त टोलबासीले विपिन चोक क्षेत्रमा सडक बत्ति एव फोहोर व्यवस्थापनको समेत माग अघि सारेका छन । उक्त श्रद्धान्जली सभामा शैल्यशिखर नगरका निर्वतमान मेयर अमर सिह धामीले टोलकै मेहनती लगनशिल युवाको दुखान्त निधन भएको बताए । भीमदत्त नगरपालिका ३का वडाध्यक्ष गगन धामीले विपिनलाई गुमाएसंगै वडा मात्रै होईन देशले अपुरणिय क्षति बेहेर्नु पर्ने बताए । उक्त चोकदेखि उत्तर पुर्व विपिन जोशीको घर झण्डै अढाई तीनसय मिटर मात्रै विपिन जोशीको छ । चोकको नामाकरण एव श्रद्धान्जली सभामा विपिन जोशीकी बहिनी पुष्पा सहितका आफन्त छरछिमेकी सहितको उपस्थिति रहेको थियो ।
४ कार्तिक ०८२ महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ विपिनको पार्थिव शरिरको अन्त्येष्टी गरिएको थियो । घर परिवारले विपिन अहिले क्रिरिया गरिरहेका छन । दुई बर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको निधनले परिवारमा ब्रजपातदेखि सिङ्ग देशले असल युवा गुमाएको छ । सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरका विद्यार्थी विपिन जोशी लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईजरायलको किबुमा हमास समुहले आक्र्रमणमा विपिन सहित ११विद्यार्थीले अकालमै ज्यान गुमाएका थिए ।

