बझाङका २७ वर्षीय युवक अमृत सिंहको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दे स्थानियले चैनपुर बजार बन्द गर्नुुका साथै विरोध प्रर्दशन गरीरहेका छन्। मंगलबार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम चैनपुर बन्द गरेका हुन्। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको आरोप लगाउदै कारवाहीको माग गरेका छन्।

यता धनगढीमा पनि नेपाल विद्यार्थी संघ र तरुण दलले घटनाको विरोध गर्दै प्रर्दशन गरेका छन्। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो। सिंह हत्या प्रकरणमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी सहितलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस