नेपालमा कोरोना भाइरसका २ सय ८३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २८३ जना संक्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २४६ जना संक्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८ भन्दा माथि उक्लेको थियो । यस्तै यो अवधिमा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । यो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् । हाल तीन हजार २८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २८६ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुस