कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ। गएराति पराल हाल्ने क्रममा राँगाले हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार राँगाले हान्दा चौधरी गम्भीर घाइते भएका र तत्कालै घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुस