स्थानीय स्तरमा तरकारी उत्पादनमा वृद्धि हुन थालेपछि महेन्द्रनगरमा तरकारीको भाउ घटेको छ। विगतका वर्षमा भारतबाट तरकारी आयात हुने गरेता पनि कोरोना महामारीका कारण सीमा बन्द भएपछि किसानहरूले बारीमा तरकारी उत्पादनमा जोड दिएको पाइएको हो।
अहिले शब्जीमण्डी कञ्चनपुरमा प्याज प्रतिकेजी रु ८०, टमाटर रु ३०, बन्दा २५, सिमला सयमा बिक्री भइरहेको छ। शब्जीमन्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले अहिले पहाडी क्षेत्र र स्थानियस्तरमै उत्पादित तरकारी बजारमा आएपछि तरकारीको मूल्य घटेको बताए।
प्रतिक्रिया दिनुस