निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षसँग छलफल गर्ने भएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो।
शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए। आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच÷पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ । निर्वाचनको तयारीका विषयमा जानकारी गराउन लागिएको धमलाले बताए।
यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।
प्रतिक्रिया दिनुस