विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ। संसद विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले विभिन्न प्रदेशमा विरोध सभा गर्ने क्रममा धनगढीमा गर्न लागेको हो। शनिवारको सभामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भिम रावलले सम्वोधन गर्नेछन् ।

उनीहरु सभास्थल पुगिसकेका छन् । सभाका क्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिँदैछन् । प्रचण्ड–माधव समूहले यसअघि बुटवल र विराटनगरमा सभा गरिसकेको छ भने माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो सभा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुस