विभाजित नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ। बृहत् सभालाई सम्बोधन गर्दे नेकपाका पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  लोकतान्त्रिक मान्यतालाई कुल्चिएर केपी ओलीले संसद् भङ्ग भएको भन्नु मूर्खता हुने बताए।
उनले केपीले चाहे झैँ संसद् विगठन नहुने बताए। उनले भने,–‘हामी ज्युँदै छौ, विगठन त केपी सरकार पो भएको हो।’ उनले संसद् विगठन विरुद्धको मुद्दा सर्वोच्चमा रहेकाले आफूहरू सम्मान गरिरहेको बताए। उनले भने,–‘यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, आसा छ संविधानले बुझ्छ भन्ने मान्यता राखेका छौ।’
उनले सर्वाैच्चमा मुद्दा नभएको भए संसद् बैठक बोलाएर केपी ओलीलाई हटाउने निर्णय गर्ने क्षमता पनि रहेको बताए। उनले सर्वोच्चबाट सही फैसला हुनेमा विश्वस्त रहेको बताए ।
उनले जनताको जनादेशलाइ सम्मान गर्दे अहिले देखिएको अवस्थालाई अबको ३ महिना भित्र भत्काइदिने दाबी गरे। सम्बोधनका क्रममा प्रचण्डले कपि ओली अमानवीय, निर्मोही रुखो भएको भन्दै चालीएकाकदम आफूहरूले भत्काएरै छोड्ने बताए।
उनले भने,–‘ सामन्त, दलाल पुजी बादीका एजेण्डलाई तिन महिना भित्र भत्काउँछौ, फेरी सार्वेभोम अधिकारलाई स्थापित गर्दे नयाँ युग स्थापित गर्नु छ।’
प्रतिक्रिया दिनुस