महेन्द्रनगरमा छाडा पशुुचौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएका डोरी हटाइएको छ। पुस महिना देखी महेन्द्रनगर बजार र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बसपार्क क्षेत्रमा राखिएका सडक विभाजकमा बाँधिएका डोरी हटाइएको हो। ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले केही दिन अघि मात्रै सडक विभाजकमा बाँधिएका डोरी हटाएको छ।

उसो त सडक विभाजकमा यात्रुहरूले बिचमै लेन नमिचोन भन्नका लागी डोरी बाँधिएको हुन्छ। जसले सवारी दुर्घटना पनि न्यून हुने हुन्छ। तर महेन्द्रनगरमा भने छाडा पशु चौपायाले सडक विभाजकमा बाँधिएका डोरी भएर ओहोर–दोहोर गर्नथालेपछि डोरी नै हटाइएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भने,–‘‘गाइ गोरुले रोड डिभाइडर ढलाउन थालेपछि डोरी फुकालिएको हो।’ सडक दुर्घटनाको प्रमुख कारण न्यू टर्न हो, जुन नहोस् भन्नका लागी डिभाइडरमा डोरी बाघिएको हुन्छ।’’

तर नगरको छाडा चौपाया व्यवस्थापनका लागी जननिर्वाचीत जनप्रतिनिधिहरुले पनि खास्सै भूमिका खेल्न सकेका छैनन्। भीमदत्तनगरपालिकाले गत र चालु आर्थिक वर्षमा चौपाया व्यवस्थापनका लागी बजेट नै छुट्टाउनु पर्ने अवस्था नआएको बताएको छ। भीमदत्तनगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार १९ वटै वडाले चौपाया व्यवस्थापन भइसेको भन्दै गत वर्ष सिफारिस गरेपछि चौपाया व्यवस्थापनको विषय सुल्झिएको हो।

उनले पछिल्लो समय फेरी छाडा पशु चौपाया बजारमा देखिन थालेको बताए। तर नियन्त्रणका लागी तत्कालै कुनै योजना नभएको प्रवक्ता चन्दले बताए। उनले भने,–‘ ब्रमदेव र बागफाँटामा खोर निर्माण गरेका छौ, करिब सय बढी चौपाया राखिएका छन्।’ ‘यस अघि ७० प्रतिशत बढी चौपायामा घरमै गएर कानमा ट्याग समेत लगाएका थियौ, कानै चिरेर दानवी प्रवृत्ति देखाए, चौपाया फेरी बजारमा देखिन थाले।’ चौपाया व्यवस्थापन स्थानीयको सहयोग बिना असम्भव बनेको प्रवक्ता चन्दले बताए। उनले जसका लागी वडा–वडामा परिपत्र गरिने जनाएका छन्।

प्रतिक्रिया दिनुस