फाइल।

कैलालीमा किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुस