नेकपाको प्रचण्ड–माधव समूहले माइतीघर मण्डलाको धर्नालाई आइतबार पनि जारी राखेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सो समूहले ४ दिन अघिदेखी शुरु गरेको धर्नालाई आजपनि निरन्तरता दिएको हो । तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी गरिएको धर्ना कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध पुष ५ गतेदेखि नै आन्दोलीत नेकपाले शनिबार धनगढीमा, शुक्रबार विराटनगरमा र बिहीबार बुटवलमा विशाल प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ । यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने नेकपाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुस