१८ पुस–महेन्द्रनगरमा वृद्धाश्रम सँगै व्यवशायीक क्षेत्रमा पनि खटिएकी महिला नेतृ शारदा चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइन भ्याइ छ। महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेकी महिला अधिकारकर्मी कञ्चनपुरकी शारदा चन्दले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेतीलाई पनि निरन्तरता दिएकी हुन्।

चन्द न्यून आर्थिक अवस्थाले समस्यामा परेका महिलाहरूलाई घरमै स्वरोजगार बन्न प्रेरणा दिइरहेकी छन्। आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने उद्देश्यले भीमदत्तनगरपालिका वडा नम्बर १५ र १८ मा उनले दुई बिघा जमिन लिजमा लिएर अन्नबाली र तरकारी खेती पनि गरिरहेकी छन्।

No description available.

भीमदत्तनगरपालिका –५ बनखेतमा वि.स. २०६५ साल देखी महिला तथा वृद्ध सेवा केन्द्र सञ्चालनमा ल्याइ अहिले ६२ वृद्ध बृद्धाको सेवा गरिरहेकी नेतृ चन्द विगत ५ वर्ष देखी व्यवसायीक क्षेत्रमा पनि सक्रिय रहेकी छन्।

उनले वृद्धाश्रम सँगै दुई वटा कोठामा च्याउ खेती गरिरहेकी छन्। ‘कन्या जातको च्याउ उत्पादन गरिरहेकी छु, उनले भनिन्–बजारमा यो नयाँ च्याउ पनि हो। पुर्‍याउन भ्याइ नभ्याई छ।’

‘पहिला बजारमा लगेर च्याउ बिक्री गर्‍यौ, उनले भनिन्–अहिले निवासमै आएर ग्राहकले च्याउ खरिद गर्ने गरेका छन्।’ च्याउ खेती सँगै उनले स–सानो रकम सङ्कलन गरेर कुखुरा पालन गरिएको बताइन्।

No description available.

हाल करिब ५ सय लोकल कुखुरा पालन गरिरहेको उनले बताइन्। लोकल कुखुरालाई आहारा पनि घरमै उत्पादित मकै, गहुँ पिसेर खुवाउने गरेको उनी बताउँछिन्। जनप्रतिनिधि आएपछि भने बृद्धआश्रममा सहयोग आउन बन्द गरेको उनको गुनासो छ। स्थानीय जनप्रतिनिधिले सहयोग नगरे पनि आर्थिक क्रान्ति ल्याउनु पर्छ भन्ने उद्देश्यले नेतृ चन्दले च्याउ खेती बाट मात्रै महिनाको ६० हजार आम्दानी गरिरहेकी छन्।

No description available.

प्रतिक्रिया दिनुस