कञ्चनपुरका सिडीओ रामकुमार महतोले आइतबार जिल्ला स्थित सरकारी कार्यालयको अनुगमन गरेका छन्। कार्यालयहरू सेवाग्राहीमैत्री नभएको गुनासो पछि अनुगमनमा निस्किएका प्रमुख जिल्ला अधिकारी महतोले जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गरीने बताएका हुन्।

यसअघि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेर सम्झाएपनि नटेरेपछि आज छड्के अनुगमन गरीएको सीडीओ महतोले बताए। उनले अनुगमनका क्रममा जिल्ला नापी कार्यालयका प्रमुख सहित अन्य कर्मचारीले पोसाक नलगाएको, सोमबार(भोली) को हाजिरी समेत लगाएको, पुर्वस्वीकृती बिनै कार्यालयमा अनुपस्थीत रहेको पाइएको बताए।

त्यस्तै मालपोत कार्यालयमा पनि कार्यालय प्रमुख बाहेक अन्य १९ जना कर्मचारीले पोसाक नलगाएको एक जनाले सोमबार(भोली)को समेत हाजिरी लगाएको कर्मचारीमा समयको पालना, अनुशासित तथा आचरणयुक्त नभएको, सेवाग्राहीमैत्री वातावरण नरहेको पाइएको भेटीएपछि उनिहरुलाई कार्वाहीका लागी सम्बन्धीत बिभागमा पत्राचार गरीने सीडीओ महतोले बताए।

प्रतिक्रिया दिनुस