विकास सिह महता, पुस १८–महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता(२०७७ अन्तर्गत भोलि  सेमिफाइनलका खेल हुने भएका छन्। सोमबार पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाका बिच दिउँसो १२ बजे हुने छ भने दोस्रो सेमिफाइनलको खेल एमसिडिसी बेदकोट नगरपालिका वडा न.५ र पिएफए अत्तरियाका बिचमा प्रतिस्पर्धात्मक खेल दिउँसो १ः३० महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताए।
No description available.
उनका अनुसार सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल कप(२०७७ को फाइनल प्रवेश गर्ने छन्। खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरी क्षेत्रकै सर्वाधिक  धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप(२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी द्धारा गरिएको थियो।
No description available.
प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको  सहभागिता रहेको छ। प्रतियोगितामा चार समूहमा चार÷चार टिम रही नकआउट आधारमा खेल खेलाइएको र प्रतियोगिता माघ २१ गते फाइनल सँगै प्रतियोगिताको समापन हुने छ। च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुस