स्थानीय तहका योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा बारे क्षमता विकास तालिम सम्पन्न गरिएको छ। सहयात्रा नेपालको आयोजना र यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमको सहयोगमा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धी दुई दिने क्षमता विकास तालिम आयोजना गरिएको हो।

तालिमको सुरुवात स्थानीय सरकारको संरचना र सार्वजनिक सेवा डेलिभरी, नागरिकको सहभागितामूलक योजना र बजेट प्रक्रिया र स्थानीय सरकारसँग सहभागितामूलक योजना र बजेटमा संलग्न हुनका लागी नागरिकमा के के सिप हुनु पर्दछ, कसरी स्थानीय स्तरको योजना र बजेट प्रक्रियालाई बढी सहभागितामूलक बनाउन सकिन्छ भन्ने बारे खुला छलफलका साथ सहभागीले कार्य योजना निर्माण गरिएको छ।

तालिमको सहजीकरण यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमका कञ्चनपुर जिल्ला नागरिक संलग्नता संयोजक देव राज बडु र भमिदत्त नगरपालिका वार्ड न। १८ का वार्ड सचिव नरेन्द्र देव भट्टले संयुक्त रूपमा गर्नु भएको थियो भने कार्यक्रममा सहभागी वार्ड १८ अन्तर्गतका भिन्न टोल विकास संस्था, विभिन्न समूह र समूहका साथै सहयात्रा नेपाल गरी १५ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस