कोरोनाका कारण रोजगारी गुमाएका नागरिकलाई कृषि ज्ञान केन्द्र बैतडीले अनुदान सहयोग गर्ने भएको छ। अनुदानका लागि आवेदन आह्वान गरेको र आवेदनकै आधारमा लाभग्राही छनौट गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको हो।

शुरुमा आवेदन आह्वान गर्दा १ हजार ४ सय जनाको आवेदन परेको भएपनि पछिल्लो समयमा ९२ जनाले मात्रै कागजपत्र सहित आवेदन दिएको कृषि अधिकृत गोपालदत्त भट्टले बताए। कृषि ज्ञान केन्द्रबाट अनुदानका लागि अहिले ९२ जना मात्रै छनौट भएका छन्। तरकारीखेती, मौरीपालन, च्याउखेती र फलफूल खेतीमा किसानहरुको छनौट गरिएको भट्टले जानकारी दिए।

अनुदानका लागि छनौट भएका किसानहरुलाई प्रति किसान ३० हजारका दरले अनुदान उपलब्ध गराइने उनले बताए।। अनुदानका लागि छनौट भएका किसानहरुसंग सम्झौता कार्य भईरहेको समेत कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुस