कञ्चनपुरको क्षेत्र नम्बर २ मा “शहिद मदन राज जोशी (शास्त्री) निर्मल ओझा तथा गोपाल दत्त जोशी स्मृती डे (नाइट पेनाल्टी सुट आउट फुटवल प्रतियोगिता” सञ्चालन हुने भएको छ। नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा कृष्णपुर नगरपालिकाको श्री कृष्ण माध्यमिक विद्यालय ४ को प्राङ्गगणमा फाल्गुन ७ गतेदेखी सो प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रम संयोजक ज्ञानेन्द्र बहादुर सिंहले बताए। टिम दर्ताका लागी पाँच हजार शुल्क लाग्ने आयोजकले बताएको छ।

फाल्गुन ६ गते वेलुका ४ वजे सम्म टिम दर्ता गराइसक्नुपर्ने कार्यक्रम संयोजक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। “टाइ सिट फाल्गुन ६ गते साँझ ५ वजे ड्र गरिने छ, कार्यक्रम संयोजक सिंहले भने,खेलाडीको उमेर ३२ वर्ष पुरा भएको हुनुपर्ने छ” । साथै सिंहले टिम दर्ता गराउँदा उमेर प्रमाणीत हुने सक्कल नागरिकता प्रमाण पत्र पेश गर्नुपर्ने बताए ।

खेलमा कुनै प्रकारको विवाद आएमा प्राविधिक कमिटिको निर्णय नै अन्तिम हुने बताइएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख एक हजार एक सय एघार नगद सहित ट्रफी,पदक,प्रमाणपत्र प्रदान गरिने छ। यस्तै द्धितिय हुने टिमलाई एकाउन्न हजार एक सय एघार नगद सहित ट्रफी,पदक र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार दिइने कार्यक्रम संयोजक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुस