संवैधानिक परिषद्को बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका बिहान ११ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र अन्य विविध बिषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक परिषद्को बैठकको लागी प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरवहादुर देउवालाई भने सूचना नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुस