सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव समूह दल आधिकारिकताको दावी गर्न पत्रसहित निर्वाचन आयोगमा जाँदैछ । पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले दावी गर्ने निर्णय गरेसँगै आज आयोगमा जान लागेको हो । राजनीतिक रुपमा गत पुस पहिलो सातादेखि नै विभाजित नेकपाको विभाजन आधिकारिकता तर्फ अग्रसर भएको छ ।

नेता लीलामणि पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु प्रचण्ड(माधव समूहको प्रतिनिधित्व गर्दै आयोगमा जाँदैछन् । आज बिहानैदेखि पेरिसडाँडामा अध्यक्षद्वयको उपस्थितिमा अनौपचारिक छलफल भएपछि आधिकारिकताका लागि दावी गर्दै समूह आयोग जानका लागेको हो । प्रचण्ड–माधव समूहको हिजोको बैठकले दल आधिकारिकताको दावी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद अब निर्णायक निरुपणतिर अग्रसर भएको छ । १० बजे आयोग खुले लगत्तै आधिकारिकता दावी गर्दै पार्टीको पत्र आयोगमा बुझाउने प्रचण्ड–माधव समूहको तयारी छ। जसका लागि नेता पोखरेललाई जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए।

प्रतिक्रिया दिनुस