नयाँ नेपाली फिल्म ‘गोर्खे’ यही फागुन २१ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ‘गोर्खे’ फिल्मको प्रदर्शन मितिसहित पोसटर सार्वजनिक गरिएको छ ।

फिल्मका वितरक कण श्रेष्ठ भन्छन्–‘माघ महिनासम्म जेनतेन सिनेमा हल सञ्चालनमा आएपनि फागुन महिनादेखि भने दर्शक पनि हलसम्म पुग्ने वातावरण देखेर नै ‘गोर्खे’ लाई फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको हो ।’ फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरुलाई फिचर गरिएको छ ।

फिल्म क्षेत्रमै कार्यरत प्राविधिकहरुले आफ्नै लगानीमा यो फिल्म निर्माण गरेका हुन् । केही दिनअघि फिल्मका मुख्य दृश्यसहित लिरिकल भिडियो सार्वजनिक भएको थियो । फिल्मका तीन गीत पालैपालो प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ । पाल्पा, बर्दघाट, धम्पुस, पोखरा तथा काठमाडौंका रमणीय स्थानहरुमा छायांकन गरिएको यो फिल्मलाई किम्मत गौतमले निर्देशन गरेका हुन् ।  गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुलाई फिल्ममा मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको निर्माता हरि थापा बताउँछन् । फिल्ममा रबिन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई आदि कलाकारले अभिनय गरेका छन् ।

सौरभ लामा तथा निरज कँडेलले खिचेको यो फिल्मकोृ कथा काजी लिम्बुले लेखेका हुन् । करिव ४५ दिन लगाएर छायांकन गरिएको यो फिल्ममा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।

यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुस