बैतडीमा १७ वर्षीय किसोरीको अवरण गरी बलात्कार गरेको अभियोगमा एक इन्जिनियरलाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय तोकेको छ। मैलौली नगरपालिकाका तत्कालिन इन्जिनियर रोशन चन्दले १७ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोजमा जिल्ला अदालत डडेल्धुराले २९ बर्ष ६ महिना कैद सजाय, दुई लाख जरिवाना र दुई लाख ५० हजार रुपैयाँ पीडित किशोरीलाई क्षतिपुर्ती भराउने फैसला गरेको हो।
जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंगेनीको इजलासले सोमबार इन्जिनियर चन्दलाई उक्त फैसला सुनाएको हो। नाबालिका किशोरीलाई बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै शरिर बन्धक बनाएर अपहरण गरेको अभियोगमा ८ वर्ष ७ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिका किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै व्यक्तिले अपहरण र नाबालिकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० वर्षगरि कुल २९ वर्ष छ महिना कैद सजायको फैसाला सुनाईएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ।
२०७६ साल भदौ महिनाको अन्तिम साता मैलौली नगरपालिकामा ओजेटी गरिरहेकी किशोरीलाई शरिर बन्धक बनाई जर्वजस्ती गरेको चन्दमाथि आरोप लागेको थियो। फैसला लगत्तै पुर्पक्षका लागि हिरासतमा रहेका इन्जिनियर चन्दलाई करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।