कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका – ७ टेडियाबाट लागुऔषध खैरो हिरोईन सहित एक जनालाइ पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडिया बस्ने ४५ वर्षीय प्रभुराम चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

उनको साथबाट १८ ग्राम ९३० मिलिग्राम परिणामको खैरो हिरोईन बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए । चौधरीलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

प्रतिक्रिया दिनुस