Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the shortcodes-ultimate domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sagarmatha_hamrokalapani/web/hamrokalapanikhabar.com/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the editorialmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sagarmatha_hamrokalapani/web/hamrokalapanikhabar.com/public_html/wp-includes/functions.php on line 6121
कैलालीमा १६ वर्षपछि फरार अभियुक्त पक्राउ – नेपालको विश्वासिलो डिजिटल पत्रिका – hamrokalapanikhabar.com

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको फुलबारी गाविस ७ (हाल धनगढी उपमहानगरपालिका १४ बस्ने) ४२ वर्षीय डबलबहादुर पल्ली मगर रहेका छन् । २०६१ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका १४ त्रिपन भन्ने गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा मगरसहितले सोही ठाउँ बस्ने बर्ष २९ का जंगबहादुर सिजापतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसलगत्तै उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकार दिए ।

उनको खोजी कार्य गर्दै जाँदा प्रहरीले माघ १९ गते आफनै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको र अन्य फरार प्रतिवादीहरुको खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुस