अगाडी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकता र पछाडी प्रहरीको स्कटीङमा जिल्ला स्थित सरकारी कार्यालय बन्द गरीएका छन्। प्रचण्ड–नेपाल समूहले बिहिबार गरेको आमहड्ताल तथा विरोध कार्यक्रम अन्र्तगत कञ्चनपुरका सरकारी कार्यालय बन्द गरीएका हुन्।

जिल्ला स्थीत कृर्षी ज्ञान केन्द्र, भूमीसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, सरकारी वकिलको कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरीक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पुर्वाधार विकास कार्यालय, जिल्ला समन्वय लगायतका कार्यालयहरु प्रहरी कै स्कटीङमा बन्द कर्ताले बन्द गराएका छन्। प्रहरीले सूरक्षा व्यवस्था कडा पारीएको दावी गर्दे आएपनी बन्द कर्ताले जिल्ला स्थीत सरकारी कार्यालय समेत बन्द गराएका हुन।

गृहमन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दे निर्बाधरुपमा सम्पुर्ण सरकारी कार्यालय, यातायात , उद्योग–धन्दा, कलकारखाना खुला गराउन प्रहरी प्रशासनलाई निर्देशन गरेपनि बन्दाकर्तामाथी नियन्त्रण गर्न सकेको छैन्।

बन्दकर्ताले धाकधम्की लगाउदै व्यापार व्यवशाय बन्द गर्न लगाएका छन्। छोटो तथा लामो दुरीका यातायातका साधनहरु समेत बिहानै देखी ठप्प छन्। केपी शर्मा ओली सरकारले गरेको संसद विगठन र संवैधानीक आयोगका नियुक्ती गरीएको विरोधमा नेकपाले आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको हो। संवैधानीक आयोगका नियुक्ती र संसद् विगठनको चौतर्फि रुपमा विरोध भइरहेको छ।

No description available.

प्रतिक्रिया दिनुस