धनञ्जय अवस्थी, २२ माघ–प्रचण्ड–नेपाल समुहले बिहिबार गरेको आमहड्तालको असर कञ्चनपुरमा पनि परेको छ। महेन्द्रनगर बजार पुर्णरुपमा बन्द गरीनुका साथै यातायातका साधन समेत ठप्प पारीएका छन्। प्रचण्ड–नेपाल समूहका नेता तथा प्रदेश सभा सदस्य तारालामा तामाङ सहितका नेता कार्याकर्ता महेन्द्रनगर वषपार्क चम्पन चोकमा धर्ना दिइरहेका छन्।
केपी शर्मा ओली सरकारले गरेको संसद विगठन र संवैधानीक आयोगका नियुक्ती गरीएको विरोधमा नेकपाले आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको हो। जिल्ला स्थीत विश्वविद्यालय, निजी तथा सरकारी शिक्षण संस्थाहरु, पेट्रोल पम्प, बजार, कलकारखाना, सरकारी कार्यालयहरु पुर्ण रुपमा बन्द रहेका छन्।
प्रहरीले सुरक्षा व्यवस्था कडा पारीएको दावी गरेपनि विहानै बाटै यातायात लगायतका व्यापारव्यवशाय ठप्प छन्। भारतबाट मदजुरी गरेर आउने यात्रु समेत यातायातका साधन ठप्प हुदा मारमा परेका छन्। तर प्रहरीले भने यातायात र बजार व्यवशाय खुलाउन आग्रह गरीरहेको जनाएको छ।
जिल्लामा सूरक्षा व्यवस्था मजमुत पारीएको बताउदै प्रहरी प्रवक्ता डिएसपी अमर बहादुर थापाक्षेत्रीले पसलहरु फाटफुटरुपमा मात्रै खुलेको जानकारी दिए। उनले जिल्लामा थप साढे ५ सय प्रहरी परीचालन गरी सुरक्षा मजबुद पारीएको बताए।