भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध १ महिनाका लागि खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जलविद्युत् परियोजनाको बाँध यहि माघ २५ गते बेलुकी ७ बजे देखि अगामी फागुन २५ गते बेलुकी ७ बजे सम्म खोलिने जनाएको छ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार परियोजनामा बाधको मर्मत कार्य गरिने भएकाले बाध खोलीन लागेको प्रशासनले जनाएको छ। बाध खोलीदा महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ । प्रशासनले महाकाली तटीय क्षेत्र दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका स्थानीयलाई सतर्क गरिएको हो ।

प्रतिक्रिया दिनुस