कैलालीमा मोटरसाईकल एकआपसमा ठोक्कीदा चारजना घाइते भएका छन्। अत्तरियाबाट धनगढी जादैँ गरेको प्रदेश २–०१९ प ६५९८ नम्बरको मोटरसाईकल से ७ प ६९८४ नम्बरको माटरसाईकल एक आपसमा ठक्कर दिँदा ४ जना घाईत भएका हुन्। दुर्घटनामा अत्तरियाबाट आउँदै गरेको मोटरसाईकल सवार गोदारी नगरपालिका–१ का विवेक चौधरी र समर चौधरी घाइते भएका छन्।

यस्तै धनगढीबाट आउँदै गरेको मोटरसाईकल सवार गौरीगंगा नगरपालिका रामविर चौधरी र भजनीका रविन चौधरी घाईते भएका छन्। घाइतेको उपचार अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भईरहेको कैलाली प्रहरीले जानकारी दिएको छ। घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुस