डडेल्धुरामा प्रचण्ड –नेपाल समुहका कार्यकर्ताहरुले भातकाँडा बजारमा प्रहरी माथी आक्रमण गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने भतकाँडा बजार बन्द गराउँदै हिडेका कार्यकर्तालाई प्रहरीले बन्द नगराउन आग्रह गरेपछि उनीहरुले भातकाँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर कखठायत माथि आक्रमण गरेका हुन्।

भातकाँडा प्रहरी चौकीका ईन्चार्ज कठायत बजारमा गस्तीमा रहेका समयमा बन्दकर्ताहरुले लुकेर डाँडावाट हानेको ढुंगाले खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायवउपरिक्षक महेन्द्र नेपालले बताएश्र खुट्टामा सामान्य चोट लागेको समेत प्रहरीले वताएको छ। आक्रमण गर्नेहरुको खोजी भईरहेको समेत प्रहरीले जनाएको छ। संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा बिहीबार प्रचण्ड नेपाल समूहले आमहडताल गरेको थियो।

प्रतिक्रिया दिनुस