बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीय किशोरीको भागरथी भट्टको मृत्युको कारण बारे अनुसन्धान गर्न धनगढीबाट तालिम प्राप्त कुकर सहितको टोली परिचालन भएको छ। तालिम प्राप्त कुकुर सहितको टोली जिल्लामा पुगेर अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। किशोरीलाई बलात्कार पछि हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेका छन्।
शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालयजान्छु भन्दै घरबाट हिडेकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको थियो। दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तहरुले बताएका छन्।